नियम ३
शपथ लिनु पर्ने:
(१) आयोगलाई तोकिएको काम शुरु गर्नुअघि आयोगका अध्यक्ष एवं सदस्यले अनुसूची बमोजिमको ढा“चामा पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।
(२) ऐनको दफा ३ को उपदफा (१) बमोजिम …………. गठन भएको आयोगको अध्यक्षले सर्वोच्च अदालतको प्रधान न्यायाधीश समक्ष र अन्य सदस्यले अध्यक्ष
समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।
(३) ऐनको दफा ३ को उपदफा (२) बमोजिम ………….. गठन भएको आयोगको अध्यक्षले सर्वोच्च अदालतको प्रधान न्यायाधीश वा निजले तोकेको सर्वोच्च
अदालतको न्यायाधीश समक्ष र अन्य सदस्यले अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।